कांग्रेसका युवा नेताको आग्रह – ‘७० कटेका नेता विश्राम लिनोस्’

काठमाडौँ, १६ पुस – नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली काँग्रेसमा पुनर्जागरणको बहस’ विषयक विचार गोष्ठीमा युवा नेताहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टी प्रदेशसभा र प्रतिनिधिसभामा पराजित हुन पुगेको बताएका हुन् ।

कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन् । नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका हुन् । निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि युवा नेताले पार्टी नेतृत्व हस्तान्तरण माग गर्दै आएका छन् ।

नेविसंघ ३ नम्बर प्रदेश कार्यसमितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतले पहिलो पुस्ताका नेतालाई ‘डेट एक्स्पायर’ औषधिका रूपमा चित्रण गर्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।, उनीहरुले कांग्रेसलाई पुनसंरचना तथा पुनरजागृत गर्न नयाँ नेतृत्वको आवश्यकतामाथि जोड दिएका छन्। पुरानै शैली र सोचअनुसार कांग्रेस अघि बढ्न नसक्ने उनीहरुको भनाइ छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार