आज राष्ट्रिय तथ्याङ्क दिवस मनाईदै-

काठमाडौं, १७ पुस – आज पौष १७ गते राष्ट्रिय तथ्याङ्क दिवस तथा केन्द्रीय तथ्याङ्क विभाग स्थापनाको ५९ औ बर्षगाँठको अवसरमा एक औपचारिक कार्यक्रम गरी मनाईदै छ ।
जनतालाई अधिक मात्रामा ठोस हित हुने नीति निर्धारण गर्न, सरकारी विभागहरुको प्रशासकीय निपूर्णता बढाउन र मूलुकको आर्थिक गतिबिधि बारे यथार्थ ज्ञान प्रााप्त गर्न सरकारलाई यथार्थ आधार चाहिने र त्यस्तो आधार जुटाउन तथ्याङ्क सम्बन्धी कामको निमित्त एक केन्द्रीय विभागको स्थापनाको आवश्यकता देखी साविक रहेको संख्या विभाग खारेज गरी सरकारले २०१५ पौष १७ गतेका दिनदेखि तत्कालिन अर्थ मन्त्रालय अन्तर्गत रहने गरी केन्द्रीय तथ्याङ्क विभागको स्थापना भएको हो ।
विभागले राष्ट्रिय जनगणना, राष्ट्रिय कृषिगणना, औद्योगिक गणनाका साथै नियमित रुपमा नेपाल जिवनस्तर सर्वेक्षण, नेपाल श्रमशक्ति सर्वेक्षण जस्ता गणना तथा सर्वेक्षण हरु सञ्चालन गरी राज्यलाई विकास योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि आवश्यक पर्ने कुल गार्हस्थ उत्पादन, उपभोग, बचत, लगानी आदि राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचकहरू तथा त्यससँग सम्बन्धित तथ्याङ्क हरु उत्पादन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार