लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, १७ पुस – काठमाडैंको लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ४ः०० बजे लैनचौरमा बा ९० प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको पेटिमा ठोक्किएर दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने साजन ठकुरीको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताए। दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा ५ः१५ बजे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार