प्रदेशको अस्थायी राजधानी ताेकियाे ? प्रदेश प्रमुख सहमतिमै चयन गर्न देउवा अग्रसर

काठमाडौँ, १९ पुस — सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो।मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको जानकारी दिए।

उनका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को भक्तपुरको ठिमी, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ। शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो।

मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो। ‘टोलीले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएपछि हामीले खाका तयार पारेका हौँ’, प्रवक्ता पन्थीले भने,‘अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषद्को बैठकले ती प्रस्ताव गरेका मुकामलाई तोक्ने छ।’

अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ। संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोक्न सक्नेछ। सहसचिव पन्थीले भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकारमुकाम तोकिएको बताए।

प्रदेश प्रमुख सहमतिमै चयन गर्न देउवा अग्रसर

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमु चयनका लागि दलीय छलफल सुरु गरेका छन् । मंगलबार कांग्रेसको आन्तरिक छलफलमा दलीय सहमतिमा स्वतन्त्र व्यक्तिलाई प्रदेश प्रमुख बनाउन सुझाव आएलगत्तै प्रधानमन्त्री देउवाले दलीय छलफल थालेका हुन् ।

राष्ट्रिय दल बनेका चार पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्ने र बिहीबार सर्वदलीय छलफल गर्ने तयारी देउवाले गरेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सहभागी कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रियसभाको निार्वचन सहमतिका आधारम ागर्ने विषयमा छलफल भएको जानकारी दिए ।

‘प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने र यसका प्रक्रियाका विषयमा प्रचण्डजीसँग कुराकानी भयो,’ पौडेलले भने ‘यसका लािग बिहीबार पाँच दलको बैठक डाक्ने कुराकानी भएको छ । राष्ट्रिय दलका शीर्ष नेताहरुसँग वान टू वान छलफलपछि मात्रै प्रदेश प्रमुख तोकिनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार