https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

बस्दै सर्वदलीय बैठक, जम्मा पाँच दल सहभागी, राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र राजधानीमा सहमति

 काठमाडौं, २० पुस – प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार बिहान सर्वदलीय बैठक बस्दैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका हुन् । बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।

बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा देउवा सरकार रहेको छ ।निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो ।

पछिल्लो समय बामगठबन्धनले प्रदेश प्रमुखमा काँग्रेससंग भीडन्तको नीतिमा केही लचकपन देखाएको बताइन्छ । तर कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।

कानुनअनुसार निर्वाचन परिणाम क्रमशः प्रदेशको प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ । निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् ।

उनको प्रयासले कत्तिको सार्थक रुप लिने हो त्यो भने हेर्न बाँकी छ । अस्थायी प्रदेशको राजधानीको तयारीलाई लिएर प्रदेश नम्बर १, ५ र ७ मा असन्तुष्टि मच्चिएको छ । प्रदेश ७ र १ मा आमहड्ताल नै चलिरहेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार