उत्कृष्टताको निरन्तरता, अर्को मन छुने गीत लिएर स्रोता दर्शक माझ आए आचार्य (भिडियो सहित)

लोकदोहोरी क्षेत्रका चर्चित तथा लोकप्रिय गायक तथा कुशल सर्जक युवराज आचार्य र लोकदोहोरीकी रानी भनेर चिनिने लोकप्रिय गायीका देवी घर्तिको आवाजमा सजिएको निकै उत्कृष्ट गीत दुई मुटु छुट्टिने बेलैमा भर्खर मात्र सार्वजनिक भएको छ ।

जापानमा रहँदै आएका आचार्य छोटो समय नेपाल आएको बेला तयार पारिएको सो गीत म्युजिक नेपालको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
युवराज आचार्यको लय तथा शव्द सिर्जना रहेको सो गीतमा आफ्नो घर परिवार छोडेर विदेशीने परिवारको कथालाई विषयबस्तु बनाइएको छ । साथै सो गीतमा युवराज आचार्यले उत्कृष्ट अभिनय समेत गरेका छन । तातोपाटी सँग कुरा गर्दै युवराज आचार्यले नेपाली दर्शक स्रोताले आफ्नो गीतहरुलाई विगतमा जसरी अत्यधिक माया दिनु भएको छ यो गीतलाई पनि सोहि अनुसारको माया पाउनेमा आफु आशावादी रहेको बताउनु भयो ।

युवराज आचार्य र मञ्जिता के.सीको अभिनय रहेको सो गीतमा प्रकाश भट्टले निर्देशन गरेका छन । गीतलाई आर. अडियो म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार