काठमाडौं, २१ पुस –नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा. लि. १७ औं बर्ष पुरा गरी १८ औं वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक अग्रणि कम्पनीको रुपमा स्थापित छ । १७ बर्षको यो कोसेढुगंोसगैं कम्पिनी आफ्नो अमुल्य ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु जस्तै –Internet TV-OTT (Over the TOP) त FTTH (Fiber to the Home) /Broadband Internet सेवा प्रदान गर्न प्रतिबद्ध छ ।
कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत श्री बिनय मोहन साउदज्यू भन्नुहुन्छ “सुबिसु सफलतापूर्वक १८ औं वर्षमा प्रवेसगर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसंग रहोस भन्ने चहान्छौ । १७ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्दि«त रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”
सुबिसुका बारेमा
सुबिसु केवलनेट (प्रा.) लि.ले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम पि एल एस भि पि एन एस (MPLS VPNs), व्यान (WAN Ethernet), होलसेल आइ पि ट्रान्जिट(Wholesale IP Transit), एम भि पि(MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।
Clear TV का बारेमा
Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो जसले MPEG4 Standard Definition/High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ । हाल Clear TV, सेवामा २०० भन्दा बढि डिजिटल च्यानलहरु छन् जस्मा ५० वटा भन्दा बढि एचडि च्यानलहरु छन ।