मधेस, ओली होईन दाहाल प्रधानमन्त्री भएको हेर्न चाहान्छ : अनिल झा

काठमाडौं, २२ पुस – राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले मधेसका लागि एमाले अध्यक्ष केपी ओलीभन्दा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीबन्दा राम्रो हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा राजपा अध्यक्ष मण्डलका सदस्य झाले भने, ‘मैले पहिले पनि भनेको छु, आज पनि भन्छु, संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर प्रचण्ड हो । उहाँ नै प्रधानमन्त्रीबन्दा राम्रो ।’

ओलीभन्दा प्रचण्ड नै उदार नेता भएको उनले बताए । खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता दाहाल भएको उनको भनाइ थियो । राजपा नेता झाले वर्तमान सरकारले ढिलो नगरी प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने बताए । भने, ‘हामीले तपाईको सरकार छ, तपाईले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔं ।’

उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको जिकिर गरे । यद्यपि समर्थन दिन सक्ने संकेत गरे । उनले भने, ‘हाम्रो मत भनेको फोरमसँग मिलेर प्रदेश २ मा सरकार बनाउने र संविधान संशोधनका लागि संघर्ष गर्ने हो ।’ प्रदेश २ को राजधानी जनकपुर कि वीरगञ्ज भन्ने प्रश्नमा राजपा नतो झाले भने, ‘यो काम सरकारको हो । दुईतिहाई पुग्ने अवस्था भयो भने हामी तोक्छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार