सुरेश रमणको औसिया गीत बन्यो भाइर,छोटो समयमै दर्शकको मन जित्न सफल (भिडियो सहित)

बाइ बाइ माया बोलको गीतबाट लोकदोहोरीको क्षेत्रमा चर्चाको शिखरमा पुगेका युवा सर्जक तथा लोकप्रिय गायक सुरेश रमण अधिकारीको आवाजमा निकै सुमधुर गीत औसिया भर्खर मात्र सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भएको छोटो समयमै धमाका मच्चाएको छ भने गीतलाई धेरैले उत्कृष्ट गीत भनेर प्रतिक्रिया दिएका छन । अधिकारी र विष्णु माझीको आवाज रहेको सो गीतमा मुटुनै छुने शव्द सिर्जना गरेका छन सुरेश रमण अधिकारीलेनै । गीतमा दुवै गायक गायीकाले उत्कृष्ट आवाज दिएका छन ।

गीतको म्युजिक भिडियोक पक्ष पनि अत्यन्तै राम्रो रहेको छ । गीतमा स्मृति तिमिल्सिनाले उत्कृष्ट कथामा म्युजिक भिडियो निर्देशन गरेकी छन भने आशिष प्रताप र रञ्जीता गुरुङले मनमोहक अभिनय समेत गरेका छन । गीतले माया प्रेममा विछोड हुने मायालु जोडीहरुको कथालाई विषय बस्तु बनाएको छ ।
तातोपाटी सँग कुरा गर्दै सर्जक अधिकारीले आफुले निकै आशा गरेको गीतलाई सार्वजनिक गरेको छोटो समयमै सबैले राम्रो प्रतिक्रिया दिएको बताउदै अझ धेरै माया गीतले पाउनेमा आफु ढुक्क रहेको बताउनु भयो ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार