ओली–दाहाल भेट: कार्यदल बनाएर एकता अघि बढाइने निर्णय

जाजरकोट, २४ पुस – एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक बिषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल बनाउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफलमा एउटा सानो समूहलाई जिम्मेवारी दिने समझदारी भएको हो । मुल नेतृत्वको बिषयमा दुईपक्षबीच नै कुरा मिलाउनुपर्नेछ ।

त्यस बाहेकका अन्य बिषयमा भने यो कार्यदलले गृहकार्य गर्नेछ । सांगठनिक संरचना र बैचारिक राजनीतिक बिषयमा समझदारी बनाउन छुट्टाछुट्टै कार्यदल बनाउनुपर्ने सुझाव नेताहरुले दिएका थिए । एउटै कार्यदल बनाउने कि दुईटा भन्ने निर्णय हुन बाँकी छ ।,

ओली नियमित स्वास्थ्य परीक्षणलागि लागि वुधबार बैंकक जाने तय भएकाले मंगलबार दुई शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक डाकिएको ओली निवासबाट बाहिरिएका दाहालले–भने ।

उनले अगाडि भने, ‘राष्ट्रिय सभाको निर्वाचनको बारेमा, प्रदेशको सरकार गठनको बारेमा, मुख्य रुपमा पार्टी एकताकै विषयमा हामीले छलफल भयो । जुन प्रक्रियामा हामी अगाडि बढेका छौँ त्यसलाई निष्कर्षमा पुर्‍याउनै पर्छ भन्ने कुरा भयो ।’

अब पार्टी एकताको काम तीब्र रुपमा अघि बढ्ने छ, दाहालले भने, ‘त्यसका लागि सोमबार (भोलि) आ–आफ्नो पार्टीको तहमा छलफल गरेर मंगरबार (पर्सि) पार्टी एकता समितिको बैठक बस्ने र पार्टी एकता संयोजन ससितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनको लागि वैचारिक र राजनीतिक काम तथा सांगठनिक दुईटै काम गरेर एउटा टिम बनाएर जिम्मा दिने र केही दिन भित्र यो प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भन्ने सहमति भयो ।’

तीन दिन चितवन बसेर आइतबार स्थलमार्गबाट राजधानी आएका दाहाल साँझ ओली भेट्न बालकोट पुगेका थिए । केही दिनदेखि स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहेका ओलीसंग दाहालले एक घण्टा छलफल गरेका थिए । –कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार