संसदीय दलको नेता बन्न कांग्रेसभित्र दौडधुप सुुरु: देउवा सशांकलाई सर्वसम्मतीमा चयन गर्ने

काठमाडौं, २४ पुस – सभापति देउवाले यो पटक आफू दलको नेता नबन्ने निधो गरेका छन् । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले महामन्त्री डा. कोइरालालाई नै संसदीय दलको नेता बनाउनुपर्ने पक्षमा छन् ।

नेता दिपक खड्काको नेतृत्वमा युवा नेताहरुले लविङ सुरु गरिसकेका छन् । स्रोतका अनुसार उनीहरुले सभापतिलाई भेटेर यस्तो  तयारी थालेका छन् । उनीहरुले कोइरालालाई भेटेर संसदीय दलको नेतामा तयारी थाल्नकोलागि आग्रह गरेका थिए ।

देउवाले दलको नेता रामचन्द्र पौडेललाई दिन अस्वीकार गरेपछि उनको समुहबाट प्रकाशमान सिंह चुनावी मैदानमा आउने भएका हुन् । केही समयअघि मात्र सभापतिमा पराजित पौडेललाई संसदीय दलको नेतामा चुनाव नलड्न उनी निकटका नेताहरुले सुझाव दिएका छन् ।

सहकर्मीको सुझावपछि पौडेल पछि हट्ने र प्रकाशमान मैदानमा आउने भएका हुन् । बरिष्ठ नेता पौडेललाई सर्वसम्मत संसदीय दलको नेता बनाउन नेता सिंह र डा. रामशरण महत देउवा निवास पुगेका थिए । तर देउवाले संसदीय दलको नेता दिन अस्वीकार गरेपछि पौडेल पक्षले पनि निर्विरोध हुन नदिने पक्षमा उभिएको छ ।

देउवाले आफू सर्वसम्मतीमा दलको नेता हुने अवस्था नआए वर्तमान महामन्त्री एवम् विपी पुत्र डा. शशांक कोइरालालाई सर्वसम्मतीमा नेता बनाउने विकल्प राखेका छन् । यदि त्यसमा पनि सहमति हुन नसके उनले आफू निकटका नेताद्धय ज्ञानेन्द्र कार्की र बालकृष्ण खाँणमध्ये एक जनालाई चुनावमा उठाउनेछन् ।

देउवा हालका अर्थमन्त्री समेत रहेका आफ्ना विश्वासिला नेता कार्कीलाई अघि सार्ने आन्तरिक तयारी छ । कार्कीको पक्षमा बरिष्ठ नेता विजयकुमार गच्छदार उभिएका छन् । उनले देउवालाई कार्कीलाई समर्थन गर्ने ग्रिन सिग्नल दिईसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार