https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

ओली थाइल्याण्ड उड्नुअघि प्रचण्ड पुगे बालकोट

भक्तपुर, २६ पुस  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । माओवादी अध्यक्ष दाहाल बिहान करिब पौने १० बजे ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

यसअघि मंगलबार मात्रै एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बसेको थियो । सो बैठकले आगामी राष्ट्रियसभा निर्वाचनको तयारीका लागि एक कार्यदल गठन गरेको थियो । सो कार्यदललाई क्रियाशिल बनाउन दुई अध्यक्षहरुले निर्देशन दिने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

कार्यदलमा नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् । त्यस्तै माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् । कार्यदललाई क्रियाशील बनाएर राष्ट्रियसभा निर्वाचनको तयारीमा लाग्न दुबै नेताले निर्देशन दिने कार्यक्रम रहेको छ ।

ओली बुधबार मध्यान्न साढे १२ बजे थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आगामी माघ २ गते स्वदेश फर्किने गरी जान लागेको ओलीको टोलीमा पत्नी राधिका शाक्य, ओलीका स्वकीय सचिव राजेश शाक्य, एक चिकित्सक लगायत रहेका छन् । ओलीको टोली थाइ एयरवेजको विमानबाट बैंकक जान लागेको हो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार