आन अध्यक्षमा रविन्द्र कुुमार रिजाल (शशि) निर्वीरोध निर्वाचित

काठमाडाै, २७ पुस  – नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा रविन्द्र कुुमार रिजाल (शशि) निर्वीरोध निर्वाचित भएका छन् । विज्ञापन एजेन्सि व्यावसायीहरुको छाता संगठन आनको आगामी तनि बर्षे कार्यकालका लागि रिजाल अध्यक्ष्मा निर्विरोध निर्वाचित भएका हुुन् ।


आज विहीवार काडमान्डौंमा सम्पन्न हुुन गईरहेको आनको १८ औं वार्षिक साधरणसभाको एक दिन अगावै व्यावसायीहरुले सर्वसहमतिका आधारमा रिजाललाई निर्वाचित गरेको आन का बर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

संघको पत्रकार सम्मेलनमा संघका पुुर्व अध्यक्षहरुको रोहवरमा संघका अध्यक्ष श्रेष्ठले एक पद वाहेकमा सर्वसहमति भएको जानकारी गराए । यसरि सर्वसहमतिमा निर्वाचित हुुने अन्य ब्यावसायीहरुमा बरीष्ठ उपाध्यक्षमा सोम प्रसाद धिताल, प्रथमउपाध्यक्षमा नारायण कुुमार श्रेष्ठ, द्घितियउपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजुु कुुईकेल, सचिवमा कृष्ण प्रसाद घिमिरे, सहकोषाध्यक्ष्मा पंकज प्रधान रहेका छन् ।

यसैगरि कार्यसमिति सदस्यहरुमा रोसन प्रसाई, रमेस पुुरी, विशालपुुरुष ढकाल, किरण गैरे, अरुणकाजी स्थापित र सन्तोष खड्का सर्वसम्मत निर्वाचित रहेका छन् । संघको कोषाध्यक्षमा भने आजहुुने साधरण सभामा निर्वाचन हुुने भएको छ । कोषाध्यक्षमा पिताम्वर पोख्रेल (विजय) र यमुुना पौडेलको उोद्वारी परेका कारण आज निर्वाचन हुुनलागेको आनको निर्वाचन समितिले बतायो जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार