जगदम्बा सिमेन्टको प्राविधिक गोष्ठी सम्पन्न, ब्लेन्डेड सिमेन्टको प्रयोग बारे छलफल

काठमाडौं— जगदम्बा सिमेन्टले काठमाडौं जिल्लामा इन्जिनियरहरुसँग गत हप्ता जगदम्बा सिमेन्टले एक कार्यक्रमको आयोजना गरेको थियो। सो कार्यक्रममा सुरक्षित र दिगो निर्माण, पुन निर्माण सामग्रीको छनोट र प्रयोग लगायत ब्लेन्डेड सिमेन्टको उच्चतम प्रयोग तथा उपभोगलगायत उपभोक्ता मैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम थियो ।

सो छलफलमा ३ दर्जन भन्दा बढी प्राविधिक ब्यक्तिहरुको उपस्थिती थियो । उपस्थित हुनेहरुमा नगरपालिका योजना प्रमुख, भुकम्प प्रतिरोधी निर्माण गर्ने, सुपरभिजन गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका वरिष्ठ आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत वरिष्ठ आयोजना प्रमुख सुनिल पौडेल र वरिष्ठ इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएका थिए । साथै ब्राण्ड प्रवन्धक जगन्नाथ दहालले ब्लेन्डेड सिमेन्टको प्रयोगले देशमा रहेको श्रोत चुनढुङ्गा को न्यूनतम प्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जाने बताए ।

यसअघि पनि विभिन्न ठाउँहरुमा विभिन्न उपभोक्तामुखी कार्यक्रमहरु जस्तै डिलर भेटघाट कार्यक्रम, निर्माणकर्मी भेटघाट, अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । अझ यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जाने ब्रान्ड प्रबन्धक दाहालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार