काठमाडौँ, २८ पुस – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक पत्र लेखेर आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएका छन् । प्रधानमन्त्रीले सबै मन्त्रीहरुको विभाग खोसेर विना विभागीय बनाईदिएको करिब ३ महिनापछि प्रचण्डले मन्त्रीहरुलाई फिर्ता बोलाएका हुन् ।

प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरेका छन् । तर, ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको गुनासो गरेका छन् । पत्रमा प्रचण्डले नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गरेको उल्लेख गरेका छन् ।