https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

आज मकर संक्रान्ति, किन भनियो यो दिनलार्इ माघे संक्रान्ति ?

काठमाडौं, १ माघ – माघे संक्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा थारु र मगर समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन् । माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ ।  विभिन्न जातीय समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् ।


माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिएसरह हुने धर्मशास्त्रमा उल्लेख छ । धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।’

जसको उत्पत्ति स्थानीय परम्परा, व्यक्ति विशेष या संस्कृतिद्वारा हुने गरेको छ भने जसको उल्लेख वैदिक धर्मग्रन्थ, धर्मसूत्र तथा आचार संहितामा मिल्ने गरेको छ। यस्ता धेरै पर्वहरु रहेको छ र यसलार्इ मान्ने एउटा नियम पनि रहेको छ। यी पर्वहरुमा सूर्य (चन्द्रको संक्रान्ति तथा कुम्भको अधिक महत्व हुने गरेको छ। सूर्य संक्रान्तिमा मकर सक्रान्तिको महत्व धेरै हुने गरेको छ भने माघ महिनामा कृष्ण पञ्चमीलार्इ समेत केन्द्रीत गरेर मकर सक्रान्ति नेपालसँगै भारतमा समेत मनाइन्छ।

किन भनियो यो दिनलार्इ माघे संक्रान्ति ?
मकर संक्रान्तिमा ‘मकर’ शब्दले मकर राशिलार्इ इङ्गित गर्दछ। जबकी संक्रान्तिु को अर्थ संक्रमण अर्थात प्रवेश गर्नु हो। मकर संक्रान्तिको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ। एक राशिलार्इ छाडेर दोस्रोमा प्रवेश गर्ने यस विस्थापन क्रियालार्इ नै संक्रान्ति। सूर्य मकर राशिमा प्रवेश गर्ने भएकोले यस संक्रान्तिलार्इ मकर संक्रान्ति भनिएको हो। हिन्दू महिना अनुसा पौष पौष शुक्ल पक्षमा र विसं अनुसार माघ १ गते मकर संक्रान्ति अर्थात माघे संक्रान्ति पर्व मनाइन्छ।

यस दिनदेखि सूर्य उत्तरायन हुन्छ 
चन्द्रको आधारमा महिनालार्इ दुर्इभागमा विभाजन गरिन्छ( कृष्ण तथा शुक्ल पक्ष। यस्तै गरी सूर्यको आधारमा वर्षको २ भाग हुन्छ, उत्तरायन तथा दक्षिणायन। यस दिनदेखि सूर्य उत्तरायन हुनेछन्। उत्तरायन अर्थात यस समयदेखि धरतीको उत्तरी गोलार्द्ध सूर्यको सम्मुखमा जानेछ, अर्थात् उत्तरदेखि नै सूर्य निस्कन लाग्दछ। यसलार्इ सोम्यायन पनि भनिन्छ। ६ महिना सूर्य उत्तरायन हुनेछ र ६ महिना सूर्य दक्षिणायण हुनेछ। त्यसैले यस पर्वलार्इ उत्तरायणको रुपमा पनि मानिन्छ। मकर संक्रान्तिदेखि कर्कट संक्रान्तिसम्म सूर्य उत्तरायण हुनेछन्।

यस पर्वको भौगोलिक विवरण
पृथ्वी साढे २३ डिग्री अक्षमा झुकेर सूर्यको परिक्रमा गर्दछ। यसरी परिक्रमा गर्दा वर्षको ४ स्थिती यस्तो हुन्छ कि सिधा किरण २१ मार्च तथा २३ सेप्टेम्बरलार्इ विषुवत रेखा, २१ जूनलार्इ कर्क रेखा तथा २२ डिसेम्बरलार्इ मकर रेखामा पर्दछ। वास्तवमा चन्द्रमाको बाटो २७ नक्षत्रमा बाँडिएको छ जबकि सूर्यको बाटोलार्इ १२ राशिमा बाँडिएको छ। ज्योतिष विज्ञान अनुसार यही १२ संक्रात्निमध्ये मुख्य ४ वटा संक्रान्तिलार्इ महत्वका साथ हेरिएको छ। ती हुन् मेष, तुला, कर्क तथा मकर संक्रान्ति।

नयाँ अन्न भित्र्याउने उमंग
यस दिनदेखि वसन्त ऋतुको समेत सुरु हुनेछ। तथा यो पर्व सम्पूर्ण भारतीय उपमहाद्वीप भरको उत्पादनको आगमनको खुशीको रुपमा मान्ने गरिएको छ। एक किसिमको फसललार्इ मंसिरमा नै काटेर तोरी फापर लगायतका मनमोहक फसलले गर्दा यो पर्वलार्इ झनै महत्व दिने गरेको छ।

पर्वको सांस्कृतिक महत्व
मकर संक्रान्तिलार्इ नेपाल तथा भारतमा अलग अलग तरिकाले मनाउने गरिन्छ। भारतका विभिन्न राज्यहरुमा यसलार्इ भिन्न भिन्न तरिकाले मनाइन्छ। उत्तर भारतमा यस पर्वलार्इ लोहडी, खिचडी पर्व, पतन्गोत्सव आदि पर्वको रुपमा मनार्इन्छ। मध्यभारतमा यसलार्इ संक्रान्ति भनिन्छ। मकर संक्रान्तिलार्इ उत्तरायन, माघी, खिचडी आदि नामले समेत बुझ्ने गरिएको छ।

तिलको लड्डू तथा चाकूको पर्व 
जाडो मौसममा वातावरणको तापक्रमएकदमै कम हुनेकारणले शरीरमा रोगव्याधीको सम्भावना बढी हुन्छ। यसैको रोकथामको प्रतिकात्मक कारण यस दिन तिल आदि परिकारले बनेको मिष्ठान्न तयार पारेर खाने गरिएको छ। यसमा गर्मी पैदा गर्ने तत्व हुने भएकोले बैज्ञानिक कारणले पनि यसलार्इ प्रचलनमा ल्याइएको हो। यसमा शरीरको लागि लाभदायक पोषक पदार्थ समेत पार्इन्छ। उत्तर भारतमा यस दिन खिचडीको भोग दिइन्छ। यस दिन त्यहाँ गुड(तिल, रेवडी, गजक लगायतलार्इ प्रसादको रुपमा बाँड्ने गरिएको छ।

स्नान, दान, पुण्य तथा पूजा
मानिन्छ कि यस दिन सूर्य आफ्ना पुत्र शनिदेवसँग सबै सम्पत्ति त्यागेर उनको घर गएका थिए। त्यसैले यस दिन  पवित्र नदीमा स्नान, दान, पूजा आदि गर्दा पुण्य हजार गुना मिल्ने विश्वास छ। यस दिन गंगासागरमा मेला समेत लाग्दछ। यसै दिन मलमास समेत समाप्त हुने तथा शुभ महिना सुरु हुने भएको कारणले यस दिनको दानलार्इ अझ महत्वका साथ हेर्ने गरिएको छ।

गोरु जुधाउने पर्व 
माघे संक्रान्तिलार्इ गोरु जुधाउनने पर्वको रुपमा पनि मान्ने गरिएको छ। यस दिन नेपालका मध्ये पहाडी भेगमा विशेषगरी महत्वका साथ यस पर्व मनाउने गरिएको छ। नेपालको नुवाकोट धादिङ जस्ता जिल्लामा विशेषगरी सयौं हल गोरु जुधाएर सांस्कृतिक पक्षलाई अझ रोचकता थप्ने गरेका छन्।

राम्रो दिनको शुरुआत
भगवान श्रीकृष्णले समेत उत्तरायनको महत्व बताउँदै गीतामा भनेका थिए ुउत्तरायनको ६ महिना विहान विहानै सूर्यदेवको प्रार्थना गर्ने हो भने पृथ्वी प्रकाशमय बन्ने छ। यही प्रकाशमा शरीरत्याग्ने व्यक्तिको पुनर्जन्म हुने छैन। उनीहरु सिधै ब्रह्मलोकबासी बन्नेछन्। त्यसैले भीष्मपितामहले त्यतिबेलासम्म आफ्नो शरीर त्यागेका थिएनन् जतिबेलासम्म सूर्य उत्तरायण्न भएको थिएन।

ऐतिहासिक तथ्‍य
हिन्दू धर्मशास्त्रका अनुसार मकर संक्रान्तिदेखि नै देवताहरुको दिन सुरु हुन्छ। जुन आषाढ महिनासम्म चल्दछ। महाभारत कालमा भीष्म पितामहले आफ्नो देह त्याग्नको लागि मकर संक्रान्तिको नै दिन चयन गरेका थिए। मकर संक्रान्तिको दिन नै गंगाजील भगीरथको पछिपछि गएर  कपिल मुनीको आश्रमहुँदै सागरमा गएर विलिन भएकी थिइन्। महाराज भगीरथले आफ्नो पूर्वजको लागि यसैदिन तर्पण गरेका थिए। यसकारण मकर संक्रान्तिमा गंगासागरमा मेला लाग्ने गरेको छ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार