सर्वोच्चले तोक्यो प्रदेश सभा सांसद मनाङेलाई पाँच वर्ष कैद, सांसदको पद निलम्बनमा

काठमाडौं, २ माघ – मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ दिपक मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले यस्तो फैसला गरेका हुन्।

कर्तब्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै सर्वाेच्च अदालतले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङेविरुद्ध मंगलबार सो सजाय सुनाएको हो । सर्वाेच्चकाे यो फैसलासँगै मनाङेको पद स्वत: निलम्बनमा परेको छ । सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो ।

यसअघि मनाङेविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो । सो मुद्दामा पुरावेदन अदालत पाटनले यस अघि नै पाँच वर्षको कैद सबै चार प्रतिवादीलाई नै सुनाएकोमा रेवत कार्की समेतका तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार