मन्त्रिपरिषद् बैठक आज बस्दै, तोक्ला त प्रदेश प्रमुख ?

काठमाडौं, ३ माघ— मन्त्रिपरिषद् बैठक आज (बुधबार) बस्दैछ । हिजो बस्ने भनिए पनि अन्तिम अवस्थामा आएर स्थगित भएको बैठक बुधबार बस्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे भने अन्योल छ ।

लामो समयदेखि अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने भनिदै आएको भए पनि अहिलेसम्म सरकारले सो निर्णय लिन सकेको छैन । कानूनमन्त्री यज्ञबहादुर थापाले बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने जानकारी दिए पनि प्रधानमन्त्री निकट स्रोतले सो सम्भावना न्युन रहेको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएपछि मात्रै प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने मनस्थितिमा पुगेका छन् । स्वास्थ्य परीक्षणका लागि बैंककमा रहेका ओली भोलि मात्रै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सरकारले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी नतोक्दा निर्वाचन आयोगले आफ्ना काम कारबाही प्रभावित भएको जनाउदै आएको छ। आयोगले राष्ट्रियसभा निर्वाचनको तयारी अघि बढाउन सरकारले प्रदेश प्रमुख तोक्नु पर्ने भन्दै पटकपटक ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार