सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी ?

काठमाण्डौ, ३ माघ – सरकारले  प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ ।  बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो । सरकारका एक मन्त्रीका अनुसार  प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ ।

यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको पनि ती मन्त्रीले जानकारी दिए । विभिन्न  दलका नेता  र स्थानीय स्तरमा प्रदेश राजधानीका विषयमा फरक फरक धारणा र दवाव आन्दोलतहरु भइरहेको बेला सरकारले प्रदेश राजधानी तोकेको हो ।

बैठकले प्रदेश प्रमुख पनि तोकेको छ ।  बैठकको  निर्णयअनुसार प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा,  प्रदेश नम्बर २  को प्रमुखमा  रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ को प्रमुखमा  अनुराधा कोइराला , प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा  उमाकान्त झा , प्रदेश नम्बर ६ को प्रमुखमा  दुर्गा खनाल र ७ को प्रमुखमा  मोहनराज मल्ललाई ताेकिएकाे  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार