http://jagdambacement.com/

धनकुटामा अनिश्चितकालीन कर्फ्यू, विभिन्न कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं, ४ माघ – सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि आन्दोलित धनकुटाको स्थिति तनावग्रस्त बनेपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि बिहान साढे ११ बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय धनकु्टाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए ।

‘अहिले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ,’ एसपी राजभण्डारीले भने, ‘बेलुका सीडीयोसापको नेतृत्वमा सुरक्षा समितिको बैठक बसी परिस्थिति हेरेर थप निर्णय गर्छौँ ।’

प्रदशर्नकारीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी, विभिन्न सरकारी कार्यालय र एम्बुलेन्समा समेत तोडफोड भएपछि कर्फ्यू लगाउनुपरेको उनको भनाइ छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको एसपी राजभण्डारीले जानकारी दिए ।

महेश बस्नेत भन्छन्- ‘हेटौँडा लगिन्छ भन्ने कल्पनै गरेनौँ, अस्थायी राजधानीसमेत फिर्ता ल्याउँछौँ’

नेकपा एमालेका प्रभावशाली युवा नेता एवम् भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले हेटौंडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएकोमा आपत्ति जनाएका छन् । प्रदेशसभाबाट दुई तिहाइ बहुमतले स्थायी राजधानी भक्तपुरमै ल्याउन सकिनेमा विश्वस्त देखिएका बस्नेतले अस्थायी राजधानीसमेत भक्तपुरमै सार्ने ठोकुवासमेत गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार