इन्धन करबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

काठमाडौं, ५ माघ – इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ । बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२–०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आर्थिक वर्ष २०७२–०७३ मा १ अर्ब १६ करोड, २०७३–०७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो । २०७४–०७५ को पुस १५ सम्ममा ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको उनले बताए ।

हाल आयात गरिएको इन्धनमा भन्सार बिन्दुमै पूर्वाधार कर (बूढीगण्डकी जलविद्युत आयोजनाका लागि) लाग्छ । सोही अनुसार उक्त रकम सरकारी ढुकुटीमा संकलन भएको निगमले जनाएको छ । — कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार