काँग्रेस नेता नवीन्द्रराज जोशीलाई पितृशोक

काठमाडौँ, ५ माघ –  नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीका पिता गजेन्द्रराजको ८३ वर्षका उमेरमा आज काठमाडौँमा निधन भएको छ । उहाँको निधनप्रति काँग्रेसले दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । स्व जोशी दमसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत नेताले आज पशुपति आर्यघाटमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार