सातै प्रदेश प्रमुख (गभर्नर)हरुले लिए राष्ट्रपतिवाट सपथ

काठमाडौँ, ५ माघ – सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरुले शुक्रबार शपथ लिएका छन्। शुक्रबार अपरान्ह राष्ट्रपति कार्यलय शितल निवासमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्या भण्डारीसमक्ष शपथ लिएका हुन्।

सरकारले नियुक्त गरेका प्रदेश प्रमुखमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ल रहेका छन्। शपथग्रणपछि शुक्रबार नै प्रदेश प्रमुखलाई निर्वाचन आयोगले सम्बन्धित प्रदेशको मतपरिणाम बुझाएको छ। कार्यभार समाल्न सातै प्रदेशका प्रमुखहरु शनिबार सम्बन्धित प्रदेशको अस्थायी केन्द्रमा जाँदैछन्।

प्रदेशसभाका सदस्यहरुले प्रदेश प्रमुखसमक्ष शपथलिनुर्नेछ। त्यसपछि प्रदेशसभाको गठन र प्रदेश सरकारको गठनको प्रकिया अघि बढ्नेछ। प्रदेशप्रमुखले नै प्रदेशसभाको आव्हान गर्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार