इन्डियन प्रिमियर लिगमा सन्दिप लामिछाने पनि

काठमाडौं, ६ माघ – इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् ।

आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा बोली लागे उनले आईपीएल खेल्ने अवसर समेत पाउनेछन् ।आईपीएलले अक्सनका लागि ३६० भारतीयसहित ५७८ खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा २७६ नम्बरमा सन्दिपको नाम छ । एशोसिएट देशबाट परेका उनले न्यूनमत मूल्य २० लाख भारु ताकिएको छ ।

अक्सन २७ र २८ तारेदमा बेङ्लुरुमा हुनेछ र फ्रान्चाइज टिमहरुले अक्सनमा रहेका खेलाडीहरुलाई आफ्नो टिममा भित्र्याउन बोली लगाउनेछन् । अक्सनमा परेका सबै खेलाडीलाई विक्री हुन्छन् भन्ने छैन । यसअघि शक्ति गौचनले आईपीएल टिम राजस्थान रोयल्सका लागि ट्रायल लिएका थिए ।

नेपाली क्रिकेट टिमका एक सदस्यका अनुसार एजेन्टमार्फत सन्दिपको नाम पठाइएको थियो । माइकल क्लार्कको सहयोगमा अष्ट्रेलियामा समेत खेलिसकेका कारण उनलाई केही सहज भएको मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार