सशस्त्र प्रहरीको एआइजीका लागि ५ जना को को परे ?

काठमाडौं, ७ माघ – सशस्त्र प्रहरीले एआईजीको बढुवाका लागि ५ जना डिआइजीको नाम सिफारिसमा परेको छ । गृह मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिले आइतबार बैठक ५ जनाको नाम सिफारिस गरेको हो।

बढुवा सिफारिसमा पर्नेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन्।बढुवामा  डिआइजी सुरज श्रेष्ठ र बावुराम पाण्डे भने  छुटेका छन् । बढुवामा परेका डिआइजीको  नाममा  १५ दिन भित्र दावि विरोध नआए  मन्त्री परिषद्ले एआईजीमा बढुवा गर्नेछ।

गत मंगलबार प्रकाशित सूचना अनुसार बढुवाको लागि ७ जना डिआइजीहरु योग्य प्रतिस्पर्धीमा थिए ।  सात जना मध्ये ५ जनाको अहिले बढुवा हुने भएपनि बाँकी २ जनाको चैतमा नियमित बढुवा हुने सशस्त्र स्रोतले जानकारी दिएको छ ।

अहिले वरिष्ठता क्रममा हेर्दा सबैभन्दा अगाडि डिआर्इजी जानकी भट्टरार्इ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार