शपथ ग्रहणमा प्रदेशसभा सदस्य दीपक मनाङ्गे अनुपस्थित

पोखरा, ७ माघ –  प्रदेश नम्बर ४ को प्रदेशसभा सदस्य दीपक मनाङ्गे शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई पाँच वर्षको जेल सजायँ गर्ने पुनरावेदन अदालतकको फैसलालार्इ सर्वोच्च अदालतले सदर गरेको थियो ।

मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएपनि उनको पद भने कायमै छ ।

प्रदेश चारका प्रदेश सांसदहरुको सपथग्रहण समारोह पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा रहेको हलमा आयोजना गरिएको थियो । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार बिहान पदभार ग्रहण गरेलगत्तै सपथ ग्रहणको कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार