तीन लाख घुस लिन होटेलमा पुगेका असईलाई अख्तियारले समात्यो

काठमाडौँ, ८ माघ –  व्यक्तिगत लेनदेनमा बार्गेनिङ गर्दै घुस लिन होंटेलमा पुगेका प्रहरीका एक असईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असइ रमेश खड्कालाई तीन लाख घुससहित सोमबार बालाजु बाइपासबाट अख्तियारको टोलीले नियन्‍त्रणमा लिएको हो।

स्रोतका अनुसार एक व्यक्तिको लेनदेनको कागज आफुसँग राखेर उनले बार्गेनिङ गर्दै आएका थिए। पैसा लिन भनेर बाइपासको एक होटलमा पुगेको अवस्थामा अख्तियारको टोलीले उनलाई समातेको हो। पैसा लिएलगत्तै उनलाई आयोगको टोलीले नियन्‍त्रणमा लिएको थियो।

कन्ट्रोल शाखामा कार्यरत असई खड्काले दुःख दिएपछि पीडितले अख्तियारलाई खबर गरेका थिए र अख्तियारको टोली छड्केका लागि सम्बन्धित स्थलमा खटिएको थियो।

भ्रष्टाचारको अभियोगमा अनुसन्धानका लागि उनलाई हिराशतमा राखिएको छ। आवश्यक अनुसन्धानपछि अख्तियारले सुनारविरुद्ध अदालतमा मुद्दा दायार गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार