http://jagdambacement.com/

सल्यानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ, ८ माघ –  बस दुर्घटना हुँदा सल्यानमा चार जनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् । रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी  दिए ।

मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विकको मृत्यु भएको छ ।  मृत्यु भएका दुई पुरुषको परिचय खुलेको छैन ।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सख्त घाइतेलाई उपचारका लागि दाङ र नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  बसमा कति जना सवार थिए भन्ने यकीन नभएको प्रनाउ बिकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार