दृष्टिबिहीन क्रिकेट टोलीलाई सम्मान

विश्वकप क्रिकेट खेलेर नेपाल फर्किएको नेपाली दृष्टिबिहीन क्रिकेट टोलीलाई आज काठमाडौंमा सम्मान गरिएको छ । पाकिस्तान र यूएईले संयुक्त रुपमा आयोजना गरेको पाँचौ वन डे क्रिकेटमा नेपालले अष्ट्रेलियालाई पराजित गरेको थियो भने पाकिस्तान, भारत, बंगलादेश, श्रीलंकासँग भने पराजित भएको थियो ।

प्रतियोगिता खेल्न कष्टकर यात्रा गर्दै स्थलमार्ग भएर पाकिस्तान पुगेको दृष्टिबिहीन टोलीलाई सहयोगका लागि भन्दै समर्थकले जाँदा रेलमा फर्कदा प्लेनमा अभियान सञ्चालन गरेका थिए । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित सम्मान कार्यक्रममा अभियानबाट संकलन भएको ७ लाख ८७ हजार १ सय २९ रुपैयाँ समेत हस्तान्तरण गरिएको थियो । सो रकम मध्ये ३ लाख १९ हजार रुपैयाँ प्लेन भाडामा खर्च भएको तथा विश्व कपमा सहभागी १४ खेलाडीलाई जनही २२ हजार रुपैयाँ प्रदान गरिएको थियो । यस्तै ५० हजार नेत्रहीन संघलाई सहयोग गर्दै अभियानकर्ताले नेपाली टोलीका ८ जना अफिसियल तथा प्राविधिकलाई ११ हजार रुपैयाँ हस्तानतरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार