http://jagdambacement.com/

कलाकार कोमल वली सहित राष्ट्रिय सभामा एमालेले टुंग्यायो तिन प्रदेशका उम्मेदवार

काठमाडौं, ९ माघ — प्रतिनिधि सभामा टिकट नपाएपछि आक्रोशित बनेकी गायीका एवम् सञ्चारकर्मी कोमल वलीलाई नेकपा एमालेले राष्ट्रिय सभाको उम्मेद्वार बनाएको छ। वलीलाई एमालेले प्रदेश नं ५ बाट महिला तर्फ राष्ट्रिय सभाको उम्मेद्वार बनाएको हो। राष्ट्रियसभा सदस्यको नाम टुङ्ग्याउन सोमबार बसेको एमाले स्थायी समितिको बैठकले उनी सहित १३ जनकाे नाम टुङ्गो लगाएकाे हाे ।

वली निर्वाचन अघि राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन्। प्रतिनिधि सभा निर्वाचनमा एमालेले उम्मेद्वार नबनाएपछि उनले स्वतन्त्र उम्मेद्वारी समेत दर्ता गराएकी थिइन्। तर एमालेले उचित सम्बोधन गर्ने भन्दै उनको मनोनयन फिर्ता लिन लगाएको थियो।

एमाले सचिव प्रदिप ज्ञवालीले जारी गरेको विज्ञप्तीमा वलीलाई उम्मेद्वार बनाउने उल्लेख छ। एमालेले प्रदेश ७, ६ र ५ को १३ उम्मेद्वार टुङ्गो लगाएको छ ।

यी हुन एमालेले टुङ्गो लगाएका १३ उम्मेदवार

प्रदेश नं ७–

१. कमला ओली (महिला), कैलाली

२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर

३. शेरबहादुर कुँवर (खुला), अछाम

४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला

२. नन्दा शर्मा ( महिला), सुर्खेत

३. नरपति लोहार (दलित), कालिकोट

४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट

५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५–

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी

२. खिमलाल भट्टराई (खुला), रुपन्देही

३. मीना बुढा (महिला), रोल्पा

४. कोमल वली (महिला), दाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार