मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

मनाङ, १० माघ –  मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको छ । मंगलबार बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन भएका छन् ।

उद्दारका लागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले थप सोधखोज भइरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार