ADBL ad ver 1

ADBL ad ver 1

सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारूमा किन्यो

काठमाडौं, १४ माघ –इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन (बोलकबोल) मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाखमा खरिद गरेको छ। ५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी थिए भने बाँकी अनक्याप्ड हुन्।

सन्दीप अनक्याप्ड क्याटागोरीमा थिए। आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तीमा २० लाख भारू (३२ लाख रुपैयाँ) थियो।

आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्। यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र  बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।

पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा भने सन्दीप थिएनन्। तर, सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार