काठमाडौं, १५ माघ – केरुङ–काठमाडौं रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले भने अनिच्छा देखाएको छ ।
उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढेको नागरिकको समाचारमा उल्लेख छ ।
‘कात्तिक २४ गते काठमाडौंमा सम्पन्न नेपाल–चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेइजिङमा बस्ने समझदारी भएको थियो । तर नेपाली पक्षबाट चासो नदिँदा अहिलेसम्म बस्न सकेको छैन ।’