​कांग्रेस नेताहरुले बटुवाको जुत्ता पालिस गरे पछि हंगामा,आलोचना र प्रसंसा

नेपाली कांग्रेसका युवा नेताहरुले राजनीति शुद्धीकरण अभियान सुरु गरेका छन् ।

अभियानको सुरुवात भन्दै कांग्रेस युाव नेता तथा कार्यकर्ताले मंगलबार बिहान काठमाडौं नयाँ बानेश्वरको सडकमा जुत्ता पालिस गरेका छन् ।

कांग्रेस नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङलगायतले सडकमा हिँडिरहेका पैदलयात्रीका जुत्ता पालिस गरिदिएका थिए । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले शहीद दिवसको अवसरमा पार्टी शुद्धिकरणका लागि प्रतिकात्मक रुपमा बटुवाको जुत्ता पालिस गरेका थिए ।

फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं दलहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर आफूहरुले अभियान सुरु गरेको नेताहरुको भनाइ छ ।

यो अभियानमा सहभागी नेताहरुले शुद्धीकरणका लागि पार्टी नेतृत्वलाई पनि दवाव दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार