म्यानचेस्टर सिटीको शानदार जीत, चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं माघ १८ -प्रिमियर लीग फुटबलमा लीग लिडर म्यान्चेस्टर सिटीले शानदार जित निकाल्दा चेल्सी र म्यान्चेस्टर युनाइटेड भने पराजित भएका छन् ।

लीगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई ३-० गोल अन्तरले हरायो । यो उसको २२ औं जित हो । सिटीको जितमा फर्नाण्डिनो, केभिन डे ब्रायन र अग्युरोले गोल गरे ।

१९ औं मिनेटमा फर्नाण्डिनोको गोलबाट अग्रता लिएको सिटीले ६८ औं मिनेटमा केभिन डे ब्रायनको गोलबाट अग्रता दोब्बर पारेको थियो । ८९ औं मिनेटमा अग्युरोले तेस्रो गोल गरे ।

यो जितसँगै सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडभन्दा १५ अंकले अग्रता कायम गरेको छ । २५ खेलमा सिटीको ६८ अंक छ भने म्यानचेस्टर युनाइटेडको ५३ अंक छ ।

गएराति नै भएका अन्य खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भए । चेल्सीलाई बर्नमाउथले ३-० ले र म्यान्चेष्टर युनाइटेडलाई टोटनहृयामले २-० ले हराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार