पर्वत एक युवाले गरे आफ्नै प्रेमिका को हत्या ।

सन्दीप पाठक पर्वत-माघ ५ गतेदेखि हराएकी बागलुङ जिल्ला जैमुनि नगरपालिका २ धुसेनीकी २२ बर्षीया कमला शर्माको शव बुधबार बिहान गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका (४ को घुमाउने गौदिखोला मा फेला परेको छ ।

कमला को हत्याको आशंकामा प्रहरीले पर्वत बिहादी गाउँपालिका वडा नम्बर (२ बर्राचौरका २३ बर्षीय प्रदिप पराजुली ९विक्रम ० लाई नियन्त्रणमा लिएको गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदी जानकारी दिनुभयो । कमला र प्रदिप बीच प्रेम सम्बन्ध रहेको भन्नेबारे प्रदिपले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरी लाई दिएको बयान अनुसार युवतीले मेरो गर्भ रहेको भन्दै बिबाह गर्ने आग्रह गरेपछि मैले उनलाई माघ ५ गते पर्वतको विहादी बर्राचौर र गुल्मीको खड्गकोट बीच को पुलमा उनकै सल ले घाटीमा कसदिएर मारेर पुल बाट फालेको बताए ।

आफुहरु को प्रेम सम्बन्ध युवतीको घर परिवारलाई समेत जानकारी रहेको युवकले गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदी सामु बयान दिए ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार