काँग्रेसले आफ्ना सांसदलाई भन्यो राष्ट्रियसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई मतदान गर्नू

नेपाली कांग्रेसले माघ २४ गते सातवटै प्रदेशहरुमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि अनिवार्य मतदानमा सहभागी हुन आन्तरिक सर्कुलर जारी गरेको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु स्वदेश तथा विदेश जहाँ रहेको भए पनि माघ २२ गतेभित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुन तथा पार्टी एवं राष्ट्रियसभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहन निर्देशन दिइएको जानकारी दिए ।

यस्तै माघ २४ गते आ–आफ्नो प्रदेशको मतदान स्थलमा हुने राष्ट्रियसभा निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न पनि कांग्रेसले निर्देशन दिएको पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार