थ्रीस्टारलाई हराउँदै पुलिसले उचाल्यो आहा रारा गोल्डकपको उपाधि

नेपाल पुलिस क्लबले १६ औं आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो ।

निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि अतिरिक्त समयको १० औँ मिनेटमा पुलिसलाई जिताउन राम बाजीले गोल गरेका हुन् । जितसँगै पुलिसले ७ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

उपविजेता बनेको थ्रीस्टारले चार लाख रुपैयाँमा चित्त बुझाएको छ । यस सिजन पुलिसको यो दोश्रो उपाधि हो । यसअघि उसले दाङमा भएको राखेप च्याम्पियनसिपको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार