प्रधान्यायाधीशको नागरिकता माग्दै तनहुँ पुगे डा. केसी

प्रधानन्याधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिएका छन् । केसीले आफ्ना वारेसमार्फत प्रधानन्यायाधीश पराजुलीको नागरिकता माग गर्दै आइतवार विहान जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका हुन् । केसीका तर्फबाट सशीविक्रम कार्कीले तनहुँ जिल्ला प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।

केसी यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार