http://jagdambacement.com/

काँग्रेस नेता महत भन्छन् नेपालले संघियता धान्न मुस्किल छ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गर्नुभएको छ ।

प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिनुभयो । पार्टी महासमितिको बैठक चाँडो बस्नुपर्ने र पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचनानुरुप महाधिवेशन गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

भारतका विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले दुवै छिमेकी मुलुकबीच यस्ता भ्रमण भइरहन्छ, यस विषयमा अनावश्यक रुपमा टीकाटिप्पणी गर्नु उचित हुँदैन भन्दै जुनसुुकै सरकार आए पनि भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार