पैसा नभएर फोन गर्न रोकियो ? अब चिन्ता नलिनुस टेलिकमले पनि सापटी दिन थाल्यो

नेपाल टेलिकमले आजबाट ऋण स्वरुप ब्यालेन्स दिने योजना सार्वजनिक गरेको छ । टेलिकमले दिने उक्त ऋणमा कुनै प्रकारको व्याज लाग्ने छैन ।

‘नमस्ते क्रेडिट’ नाम दिइएको यस ऋण योजनाले मोवाइलमा कुरा गर्दा गर्दै पैसा सकिएमा ऋण लिन पाइने छ । आफ्नो १४ बर्ष पुरागरी १५ बर्ष पुरा गरेको अबसर पारेर कम्पनीले यो योजनाको आजबाट सफ्ट लन्च सुरु गरेको हो ।

‘एक महिनापछि व्यावसायिक रुपमा यो योजना संचालनमा आउने छ’ टेलिकम कि महाप्रबन्धक कामिनी राजभण्डरीले जानकारी दिइन् ।

उक्त सेवाको संचारमन्त्री मोहनबहादुर बस्नेतले आज एक कार्यक्रमका बीच सुरुवात गरेका हुन् । कुरा गर्दा गर्दै फोनको व्यालेन्स सकिए पनि फोन काटीने छैन । पछि रिचार्ज गर्दा उक्त रकम काटिने टेलिकमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार