कस्तो छ आईसीयूमा रहेका जोनको अवस्था ?

फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको आजको कान्तिपुरमा खबर छ ।

जोनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक ओम अधिकारीले ‘स्थिति सुधारोन्मुख’ भएको जानकारी दिए ।

हिउँले खाएर प्लास्टर गरिएको उनको दुवै खुट्टाको अवस्था राम्रो हुँदै गएको चिकित्सकले जनाएका छन् ।

जोनकी आमा रिमाले छोराको अवस्था अझै नाजुक रहेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार