भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी श्रीमती भनिएकी जशोदावेन आज विहान कार दुर्घटनामा परेकी छिन् । उनको चितोगढस्थीत मेडिकल सेवामा उपचार भइरहेको छ। कोटा–चित्तौर राजमार्गमा सो दुर्घटना भएको बताइएको छ ।
प्रहरीले उनलाई सामान्य चोट पटक लागेको र उनको स्वास्थ अवस्था खतरामुक्त रहेको जनाएको छ । जशोदावेन एक आफन्तको विवाहमा सहभागि भएर आफन्तसँग गुजरात फर्किएकी थिइन् ।
फेब्रुअरी २०१६ मा जशोदावेनले अहमदावाद स्थीत क्षेत्रिय पासपोर्ट कार्यलयबाट प्रधानमन्त्री मोदीको पासपोर्टको सम्पूर्ण जानकारी मागेपछि समाचारमा आएकी थिइन् ।