लोकप्रिय काम गरेर सबैलाई चकित पारेका देउवाले फागुन पहिलो साता राजीनामा दिने

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेको समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको प्रधानमन्त्री सचिवालयलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार लेखेको छ ।

प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टी नेताहरुसँग मंगलबारदेखि नै छलफल सुरु गरेको समाचारमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार