अन्तिमा आएर नेपालले यसरी जित्यो नामिबियालाई

आईसीसी डिभिजन टू अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपाल १ विकेटले विजयी भएको छ ।

नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालले ४ बल मात्र बाँकी रहँदा जीत हासिल गर्यो ।

नेपाललाई जीतका लागि १ रन आवश्यक हुँदा वाइड बल भयो । त्यसअघि नेपालका बसन्त रेग्मीले चौका प्रहार गरेर नेपाललाई जीत नजिक पुर्याएका थिए । बसन्त रेग्मीले कूल २४ रनको योगदान दिए ।

प्रतियोगितामा नेपालका तर्फबाट सरद भेषवाकरले सबैभन्दा २९ रन बनाए भने कप्तान पारश खड्काले १९ रन बनाए । रोहित पौडेलले १७ रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्लले १५ रनको योगदान दिए । यस्तै सोमपाल कामीले १३ रनको योगदान पुर्याउनुबाहेक अन्य ब्याट्सम्यानले दोहरो अंक पनि छुन सकेनन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालले नामिबियालाई १३८ रनमै समेटेको थियो । ५० ओभरको खेलमा १३९ रनको सामान्य लक्ष्य पाए पनि नेपालले ब्याटिङमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार