कतिपय कलाकारहरु उत्कृष्ट आवाज भएर पनि गीत संगीतमा त्यति अगाडी आइरहेका छैनन् । त्यस्तै अत्यन्तै उत्कृष्ट आवाजका धनि हुन फणिन्द्र ठकुरी । उनको आवाजमा निकै दम छ तर पनि गीत संगीतमा केहि पछाडी छन । तर खुसिको कुरा पछिल्लो समय उनैले आवाज दिएका नयाँ पञ्चेवाजाको गीत सार्वजनिक भएको छ ।
लोकप्रिय गायक तथा सर्जक राजन ठकुरीले सिर्जना गरेको पञ्चेवाजाको पार्यो तिरिमिरिमा त्यस्तो भएको हो । लोकप्रिय गायक फणिन्द्र ठकुरी र पुर्णकला वि.सीको आवाजमा सजिएको निकै उत्कृष्ट सो गीतमा सज्जन हमालको विहेको भिडियो समेत देखाइएको छ । सज्जनको विहे हेर्न छुटाउनेहरुले यो भिडियोबाट तिर्सना मेट्न सक्ने छन ।
माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारीएको सो गीतमा विवश ठकुरी र बविता श्रेष्ठले अभिनय गरेका छन । हमाल म्युजिकले बजार व्यवस्थापन गरेको गीतमा सज्जन हमाललेनै निर्देशन गरेका छन ।