ओमानसँग ६ विकेटले हार्‍यो नेपाल

विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालमा नेपालले ओमानसँग अनपेक्षित हार व्यहोरेको छ । पहिलो खेलमा नामिबियामाथि एक विकेटको जित निकालेको नेपाल शुक्रबार ओमानसँग ६ विकेटले पराजित हुन पुग्यो ।

नेपालले दिएको १३९ रनको लक्ष्य ओमानले मात्र ३५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

उसको पनि सुरुवात राम्रो थिएन । २ रन जोड्दा पहिला नेपालले विकेट लिएको थियो । तर, त्यसपछिका ब्याट्सम्यानहरुले सम्हालिएर खेले । अक्युव इलियाससँग ३५ रनको साझेदारी गरेका जितेन्दर सिंहले २४ रनमा आउट भए ।

इलियासले तेस्रो विकेटका लागि वैभव वाठेगोओन्करसँग ४६ रनको साझेदारी गरे । इलियासको विकेट बसन्त रेग्मीले लिए । उनी ४६ रनमा आउट भएका थिए ।

तर, थप १४ रन जोड्दा खवर अली आउट भए । तर, वैभवले सुल्तान अहमदसँग अविजित ४२ रनको साझेदारी गर्दै ओमानलाई प्रतियोगितामा पहिलो जित जिलाए ।

सन्दिप लामिछानेले २ विकेट लिँदा करण केसी र सोमपाल कामीले एकएक विकेट हात पारेका थिए ।

विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको भने ब्याटिङमा पुरानै समस्या दोहोरियो । स्कोर १० रन हुँदा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

दिलिप नाथ र पारस खड्काले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरे । दिलिप नाथ १९ रनमा आउट भए । नेपालले थप १५ रन जोड्दा अर्का विकेट गुमायो । आरिफ शेख मात्र ६ रनमा पभेलियन फर्किए । नेपालको स्कोरमा थप ३ रन थपिँदा कप्तान पारस व्यक्तिगत १७ रनमा आउट हुन पुगे ।

शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि ३६ रनको साझेदारी गरे । ऐरी २० रनमा आउट भए । बिहीबार नामिबियाविरुद्ध नेपाललाई रोमाञ्चक जित दिलाएका बसन्त रेग्मी मात्र १ रनमा पभेलियन फर्किए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपालले ४५.६ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । शरभ भेषावकरले २२ रन बनाए भने सोमपाल कामीले १७ र रोहितकुमार पौडेलले १४ रन जोडे । करढढा केसी ४ रनमा आउट भए ।

नेपाललाई सस्तैमा अलआउट गर्ने क्रममा खलिमउल्लाह एक्लैले चार विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार