मुख्यमन्त्रीमा केपी पक्षको क्लिन स्वीप, प्रदेश १ र ३ मा माधव नेपाल गुटका दुवै आंकाक्षी पराजित

काठमाडौं, २६ माघ – नेकपा एमाले पाएको चारवटै प्रदेशका मुख्यमन्त्रीमा अध्यक्ष केपी ओली पक्षले क्लिन स्वीप गरेको छ । माओवादी एमाले गठबन्धनमा एमालेको भागको प्रदेश १, ३ , ४ र ५ परेका थिए । यतिबेला सम्म संसदीय दलको नेता छानिएका ३ वटा प्रदेशमा केपी ओली पक्षका नेता विजयी भएका छन् ।

प्रदेश नम्बर १ र ३ को आज भएको संसदीय दलको निर्वाचनमा केपी ओली पक्षले जीत हात पा¥यो । प्रदेश १ मा ओली पक्षका शेरधन राई निर्वाचित भ एभने प्रदेश ३ मा ओली पक्षका डोरमणी पौडेल संसदीय दलको नेतामा निर्वाचित भए ।  यसअघि प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चयन भइसकेका छन् । पोखरेल सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन भएका हुन् । तर राई र पौडेल भने चुनावमा माध्यमबाट संसदीय दलका नेतामा छानिएका हुन् ।

शुक्रवार सम्पन्न निर्वाचनमा डोरमणी पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । सो प्रदेशमा एमालेका ५८ सदस्य छन् । त्यसैगरि प्रदेश १ को संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पूर्वमन्त्री राईले २६ र प्रतिस्पर्धी एमालेका सचिवसमेत रहेका आचार्यले २४ मत हासिल गरे। वाम गठबन्धनको सहमतिअनुसार राई सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । सो प्रदेशमा एमालेका ५१ सदस्य छन् । एक मत भने बदर भएको छ ।

अब मुख्यमन्त्री पाउने तर संसदीय दलको नेता चयन हुन बाँकी रहेको प्रदेश ४ मा दुवै जना दाबेदार ओली पक्षका हुन् । प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ आंकाक्षी देखिएका छन् । दुवै गुरुङ ओली निकट हुन् । तर किरण गुरुङ चाँही ओली गुटका भएपनि बामदेव गौतम निकट देखिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार