फेरी आयो दुखद खवर चालक निदाएर जीप त्रिशुलीमा खस्यो

धादिङको सलाङघाटबाट त्रिशूली नदीमा जीप खस्दा सिँचाई सचिव रामानन्द यादवसहित ३ जना बेपत्ता भएका छन्। कपिलवबस्तुबाट काठमाडौं फर्कने क्रममा उनी चढेको बा १ झ ३१४० नम्बरको जीप सिधा सडकबाटै त्रिशूलीमा नदीमा खसेको हो। जीपका चालक निराजन अधिकारीको प्रहरीले उद्धार गरेको छ।

उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। बिहान पौने  ३ बजेतिर जीप सडकबाट १ मिटर तल खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमिल्सिनाले जानकारी दिए। वेपत्ता भएकाहरुको खोजी भइरहेको छ।

प्रहरी, सेना, स्थानीय र गोताखोर प्रयोग गरिएको छ। नदीमा वेपत्ता भएका कारण उनीहरुलाई जिवित्तै उद्धार गर्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ। चालक निदाएका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार