ADBL ad ver 1

ADBL ad ver 1

त्रिशुलीमा अस्ताए सिंचाइ सचिव यादव, यादवको शव भेटियो

काठमाडौं, – धादिङको सलाङबाट त्रिशुलीमा गाडी खस्दा सिंचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ । सचिव यादव चढेको बा २ झ ३१४० नम्बरको गाडी आज बिहान ३ बजेतिरतिर त्रिशुलीमा खसेको थियो । सचिव यावदको शव फेला परेको मुग्लिङ प्रहरीले जनाएको छ ।

गाडी त्रिशुलीमा खस्दा बेपत्ता भएका यादवका २२ वर्षे छोरा सन्तोष र साथीकी १५ वर्षीया  छोरी उन्नती गुप्ताको भने खोजी इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिएका छन् ।

गाडी भने फेला परेको छ । दुर्घटनामा घाइते भएका गाडी चालक निराजन यादवलाई ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । सचिव यादव कपिलवस्तुको घरबाट काठमाडौं आउँदै थिए । दुर्घटनाको कारण खुलेको छैन ।

पूर्व मुख्य सचिव माधव प्रसाद घिमिरे त्रिशुली नदीमा सवारी दुर्घटनामा परि मृत्यु भएयता उच्च तहका प्रशासक यादवको पनि त्रिशुलीमै दुर्घटनामा परि मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार